Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
34 verses
1यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।
2याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।
3याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।
4दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।
5तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
6यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।
7चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।
8पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।
9छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।
10सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।
11आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।
12नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।
13दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।
14एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।
15बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।
16इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएःरूबेनकाः जिक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा।
17लेवीकाः कमूएलका छोरा हशब्याह। हारूनकाः सादोक।
18यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः मीकाएलका ओम्री छोरा।
19जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह। नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।
20एप्रैइमकाः अज्जयाहका छोरा होशेया। पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।
21पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो। बिन्यामीनकाः यसीएल अबनेरका छोरा।
22दानकाः यरोहामका छोरा अज्रेल।यी इस्राएली कुल समूहका मुखियाहरू थिए।
23दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।
24योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।
25यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएःअज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।
26एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।
27रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए। शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।
28गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूकाजिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।
29शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।
30इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए।मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।
31हगरीका याजीज भेडा-बाख्राहरूका जिम्मामा थिए।यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।
32जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।
33अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए।
34यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।