Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
22 verses
1दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होःदाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्।माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
2साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।
3अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
4दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए। दाऊदले त्यहाँ सात वर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 वर्ष सम्म राज गरे।
5यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।
6अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार, एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी, एलीशामा, एल्यादा अनि एलीशापेलेत।
9तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।
10सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।
11यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।
12योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।
13योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।
14मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।
15यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।
16यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।
17यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,
18मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।
19पदायाहका छ���राहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।
20यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।
21हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।
22यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।
23नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।
24एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।