Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
10 verses
1हामी अब तिमीहरुलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौंहामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श ग्यौं।हामी तिमीहरुलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।
2त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।
3अब हामी तिमीहरुलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।
4हामी तिमीहरुलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौ।
5हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।
6यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौ, हामी सत्यको अनुसरण गरिरहेका छैनौ।
7परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
8यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।
9तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।
10यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौ। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं।