Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
13 verses
1पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।
2पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।
3त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए।
4शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।
5नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो।
6यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।
7बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।
8अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए।
9पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए।
10तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लासचाहिं बेतशानको भित्तामा झुण्डाए।
11याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने।
12यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।
13त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरू���े सात दिनसम्म केही पनि खाएनन्।