Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
25 verses
1पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए।
2पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले,“महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूरर्दशिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए।
3हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ।
4तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला।
5यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।
6यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफै बुझ्नु हुनेछ।”
9अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”
10राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु।
11म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफै यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ।
12यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसंग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन।
13ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।
14तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु।
15म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठनेछ ।
16यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।
17“म धेरै र्वषदेखि यरूशलेमबाट टाढा रहेको थिए। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ।
18जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिंए।
19तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसंग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने
20अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ।
21मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।”‘
22फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।”
23फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।पावल फेलिक्स र उहाँको पत्नीसंग बोल्दछन्।
24केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसंग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने।
25तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”
26तर फेलिक्सको पावलसंग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।
27तर दुई र्वष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।