Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
15 verses
1यी घटनाहरू पछि राजा अहासूरसले अगामी हम्मदाताको छोरा हामानलाई पदोन्नति प्रदान गरे। तिनले उसलाई उसको समयमा भएका सबै अधिकारीहरूको जिम्मामा राखिदिए।
2अनि राजाको द्वारमा भएका समस्त सेवकहरूले झुकेर हामानलाई श्रद्धा देखाऊँथे, किनभने तिनीहरूलाई त्यसो गर्नु भनी राजाले आदेश दिएका थिए। तर मोर्दकैले झुकेर श्रद्धा गरेनन्।
3अनि राजाको द्वारमा भएका सेवकहरूले मोर्दकैलाई भने, “किन तिमी राजाको आदेश भङ्ग गर्छौ?”
4जब तिनीहरूले दिनै पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दकैलाई तिनी एक यहूदी हो भनेर तिनीहरूलाई भनेका थिए।
5अनि हामानलाई मोर्दकैले झुकेर श्रद्धा नगरेको देखे यसर्थ हामान क्रोधले भरिए।
6जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।
7राजा अहासूरसको शासनकालको बाह्रौ वर्षको पहिलो महिनामा हामान को क्षमता तिनीहरूले “पुर” अर्थात चिट्ठा गरे। यहूदीहरूको विनाशको निम्ति निश्र्चित दिन अनि महिना तोक्नका निम्ति चयन गरिएको बाह्रौ महीना, अदारको महिना थियो।
8अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।
9“यदि यसले राजालाई प्रसन्न पार्छ भने आदेश लेखियोस् कि तिनीहरूलाई नष्ट गरियोस्। अनि म 10,000 चाँदीका टुक्राहरू राजाको भण्डारमा सहयोग दिनेछु जुन रकम ती आज्ञा पालन गर्नेहरूलाई इनाम दिनु।”
10यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए।
11अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसंग राख।”
12यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।
13अनि राजाका दुतहरूद्वारा सबै आदेशहरू राज-प्रदेशहरूमा पठाइयो कि सबै यहूदीहरू जवान अनि वृद्ध, केटाकेटी अनि स्त्रीहरूलाई बाह्रौ महीना, अदारको महीनाको तेह्रौ दिनमा आज्ञा गरियोस् अनि एकै दिनमा मारियोस् र नाम निशान मेट्टाइयोस्। अनि तिनीहरूका सर-सामानहरूलाई युद्धमा नास गरियोस्।
14आदेशको एक-एकप्रति व्यवस्थाको रूपमा प्रत्येक प्रदेशमा पठाइयोस् सबै मानिसहरूलाई भनियोस् जसद्वारा त्यसदिन तिनीहरू तयार रहनेछन्।
15समाचार वाहकहरू राजाको आदेश लिएर हतारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।