Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
14 verses
1त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।
2संघारका रखवालाहरू मध्ये दुइजना राज अधिकारीहरूले राजा अहासूरसको विरूद्ध कसरी षड्यन्त्र गरे त्यसबारे मोर्दकैले गरेको सबै कुराको विवरणमा राजाले सुने।
3तब राजाले भने, “यसका निम्ति मोर्दकैलाई हामीले के सम्मान अनि प्रशंसा दियौं?”अनि जवान मानिसहरू जो राजाका सेवामा थिए तिनीहरूले भने, “हामीले तिनका निम्ति केहि गरेनौं। अनि राजाले भने त्यहाँ आँगनमा को छ?
4अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्याउनु भनी राजालाई भन्नका निम्ति।
5त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।”अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।”
6हामान आए। अनि राजाले तिनलाई भने, “राजाले सम्मान गर्न चाहने व्यक्तिलाई के गर्नुपर्छ?”अनि हामानले सोचे, “राजाले कसलाई म भन्दा अधिक सम्मान गर्न चाहन्छन्?”
7त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्।
8त्यस मानिस को निम्ति राजा स्वयंले लाउनु भएको राज-वस्त्र अनि एउटा घोडा जस माथि राजा चढनु भएको छ। तिनलाई दिनु होस्।
9अनि उसको शिरमा एक राज-मुकुट राखिदिनुहोस्। राज-वस्त्रर र घोडालाई राजाका एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले एक कुलीन अधिकारीको निगरारीमा राखियोस्। राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ त्यस मानिसलाई तिनीहरूद्वारा वस्त्र पहिराउन दिनुहोस अनि तिनीहरूद्वारा तिनलाई घोडामा चठाएर शहरको चौरमा परेड गराइयोस्। अनि तिनको अघि तिनीहरू, त्यस मानिसलाई यसै गरिने छ, जसलाई राजाले सम्मान गर्न चाहनु हुनेछ भनि कराउन्।”‘
10“तब राजाले हामानलाई भने, “चाँडो, तिमीले अहिले भने झै वस्त्र अनि घोडा लेऊ राजाको द्वारमा बस्ने यहूदी मोर्दकैको निम्ति ती कुराहरू गरिदेऊ। तिमीले भनेका कुनै पनि कुरा गर्न नचुक।”
11यसर्थ हामानले वस्त्र अनि घोडा तयार पारे तिनले मोर्दकैलाई वस्त्र पहिराई दिए। र तिनलाई शहरका चोक अनि सडकमा परीक्रमा गराए मोर्दकैको अघि-अघि कराए, “त्यस मानिसलाई यसै गरिनेछ जसलाई राजाले सम्मान गर्न चाहनु हुन्छ।”
12त्यस पछि मोर्दकै राजाको द्वारामा फर्किए तर हामान आफ्नो घर तर्फ कुदे अनि लाजले आफ्नो शिर लुकाए।
13तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उस���ी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।
14तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे।