Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
18 verses
1तब परमप्रभुले मोशालाई भन्नु भयो,
2“यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।
3मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।
4उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने उ एउटा राम्रो शिल्पकार हो।
5बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अन् सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ।
6दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।
7भेट हुने पाल, कराको सन्दूक, सन्दूकको ढकनी, भेट हुने पालका सबै सामानहरू,
8टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,
9होमबलिको निम्ति वेदी र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।
10पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
11अभिषेकको निम्ति सुगन्धित तेल अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”
12तब परमप्रभुले मोशालाई भन्नु भयो,
13“इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
14“विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्या���नु पर्छ।
15काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।
16इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्।
17विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो। परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।”‘
18यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।