Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
5 verses
1त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौ। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौ। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौ यदि तिमी हामीहरूसंग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”
2त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर र्गवित हुनेछन्।
3त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैं बस्ने अनुमति दिइनेछ।
4परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखालीदिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ।
5तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसंगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। 6यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।