Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
10 verses
1परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।
2एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।
3परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्छौ, यर्मिया?” मैले जवाफ दिएँ, “अरू डालोमा म नेभाराहरू देख्छु। असल नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा नराम्रो नेभाराहरू एकदमै नराम्रा छन जो खाने लायक छैनन्।”
4तब परमप्रभुको यो सन्देश मकहाँ आयो
5“परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन।
6म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्।
7म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
8“तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्।
9“म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु।
10म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”