Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
21 verses
1“हो, ती दिनहरुमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरुलाई फर्काएर ल्याउनेछु।
2म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरुलाई न्याय गर्नेछु। तिनहरुलेनै मेरो मानिसहरुलाई तितर-बितर परेका थिए। अन्य जातिहरुको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरुलाई दण्ड दिनेछु। तिनीहरुले मेरो भूमिलाई भाग-भाग गरेकाछन्।
3तिनीहरुलेमेरो मानिसहरुको निम्ति चिट्ठा हाले। तिनीहरुले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।
4“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरु को वास्ता छैन? के तिमीहरु मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छतिमीहरुले यो सोचिरहेका होलाऊ कि तिमीहरुले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरुलाई दण्ड दिनेछु।
5तिमीहरुले मेरो सुन र चाँदी चोर्यौ। मेरोबहुमूल्य रत्नहरु चोरेर तिमीहरुले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।
6“तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।
7तिमीहरुले मेरा मानिसहरुलाई तिनीहरुका देशबाट टाढा पठायौ। तर म तिनीहरुलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरुले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु।
8म तिमीहरुका छोरा-छोरीहरुलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरुले फेरि तिनीहरुलाई एउटा टाढा देशमा बस्ने शबाहरुको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।
9जाति-जातिहरुलाई यो बताई देऊ, युद्धकोलागि तयारिबस! सुरबिरहरुलाई बोलाउ, सम्पूर्ण योद्धाहरुलाई भेलागर। उनीहरुलाई जगाऊ!
10तिनीहरुको हलोको फालीहरु पिटेर तलबार बनाऊ। हँसियाहरुबाट तिमीहरुका भाला बनाऊ। त्यो कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”
11हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।
12हे देशबासीहरु! उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरुको न्याय गर्नेछु।
13तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।
14निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ, किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
15सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्। ताराहरु चम्कने छैनन्।
16परमप्रभु परनेश्वर सिय���नबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
17“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”
18“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।
19मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोषमानिसको हत्या गरेका छन्।
20यहूदाका मानिसहरु सदा-सर्वदा रहनेछन् अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
21तिनीहरुले मेरो मानिसहरुको हत्या गरे। यसकारण म उनीहरुलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।