Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
13 verses
1मीका नाउँ गरेका एकजना मानिस थिए जो एप्रैमको पहाडी देशमा बस्थे।
2मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।”उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”
3मीकाले त्यो 1,100 चाँदीका टुक्रा आफ्नी आमालाई फर्काइदिए। तब तिनले भनिन्, “म यो चाँदी एउटा विशेष भेंटीको रूपमा परमप्रभुलाई दिनेछु। म यो मेरो छोरालाई दिनेछु जसमा कि उसले एउटा मूर्ति निर्माण गर्नेछ, अनि त्यसलाई चाँदीले मोडने छ। यसर्थ अब छोरा त्यो चाँदी म तिमीलाई फर्काइ दिन्छु।”
4तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्कालिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।
5मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने।
6त्यससमय, इस्राएलका मानिसहरूका राजा थिएनन्। यसर्थ हरेक व्यक्तिहरूले त्यही गरे जो उ स्वयंले सही छ भन्ने ठान्थ्यो।
7त्यहाँ एक जवान लेवी मानिस थिए। तिनी बेतलेहेम शहर, यहूदाका थिए। तिनी यहूदाका कुल समूह माझ बस्दै थिए।
8त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाडी देशमा थियो।
9मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?”त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”
10तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।” त्यो लेवीले त्यही गरे जो मीकाले भने।
11जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिस मीकाका एउटा छोरा जस्तै बने।
12मीकाले तिनलाई आफ्ना पूजाहारी हुनलाई चुने। यसर्थ त्यो जवान मानिस पूजाहारी बने अनि मीकाको घरमा बसे।
13अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्र���ि भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”