Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
25 verses
1यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो।
2चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।
3शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”
4जवाफमा येशूले भन्नुभयो, ‘धर्मशास्त्रमा यस्तो लेखिएको‘मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।”‘
5त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
6शैतानले भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फालनुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।”‘
7येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छतैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’
8त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।
9शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने यी सब थोक म तपाईंलाई दिनेछु।’
10येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ।”
11त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।
12येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो।
13येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ।
14येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो,
15“जबुलूनको मुलुक र नप्तालीको मुलुक, यर्दन नदीपारि समुन्द्रको किनार गाली���, गैर-यहूदीहरूको मुलुक-
16जहाँका मानिसहरू अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो। मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”
17यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चत्ताप गर अनि आफ्नो रहन-सहन परिवर्त्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”
18गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।
19येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।’
20शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।
21गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।
22तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।:17-19)
23येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
24उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।
25धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिसयरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।