Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
12 verses
1फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।
2तिमीहरुले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरुले तिनीहरुका हड्डीहरुबाट मासु निकाल्दछौ।
3तिमीहरुले मेरा मानिसहरुलाई ध्वंश पारिरहेका छौ। तिमीहरुले उनीहरुको छाला सम्म काढि रहेको छौ। तिनीहरुको हड्डी भाँचेर अनि तिनीहरुलाई भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै तिनीहरुको छाला काढि रहेकाछौ।
4तिमीहरुले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरुदेखि लुकाईरहनु भएकोछ। किन? किनकि तिमीहरुले नराम्रो कर्म गरेका छौ।”
5परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।
6यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनिहरुलाई दिन पनि रात जस्तै हुनेछ।
7दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरुले तिनीहरुको आफ्नो अनुहार छोप्छन्। किन? किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”
8तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।”
9हे याकुबका अगुवाहरु, इस्राएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन। तिमीहरु न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरुले त्यसलाई बाङ्गो पारिदिन्छौ।
10तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।
11यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
12हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको प��ाड जस्तै सुनसान हुनेछ।