Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
27 verses
1हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।
2म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।
3एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।
4अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
5ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।
6ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।
7सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।
8ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।
9उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
10हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।
11म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु
12जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।
13अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
14दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।
15यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड।
16दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।
17किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।
18तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्��ान्न सम्म प्रकाश बढाउँदै जान्छ।
19दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
20हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।
21ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।
22मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।
23सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।
24तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।
25तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।
26तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।
27दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।