Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
8 verses
1इस्राएल ले मिश्र त्यागेर गए। याकूबले त्यो विदेशलाई त्यागेर गए।
2यहूदा परमेश्वरको खास मानिस भए। इस्राएल उसको राज्य हुन गयो।
3लाल समुद्रले यो देखेर भाग्यो, यर्दन नदी उल्टा बग्न थाल्यो।
4पर्वतहरू भेडाहरूझै’ वरिपरि नाच्न थाले। पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले
5लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै’ बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर स्वामीको सामने थरहरी हो।
8परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।