Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
7 verses
1म संकटमा थिएँ, मैले परमप्रभुको सहायता मागें। अनि उहाँले मलाई बचाउनु भयो!
2हे परमप्रभु, मलाई ती मानिसहरूब���ट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।
5तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो केदारको पालहरूभित्र बसिरहेका छौ।
6म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।
7मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।