Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
4 verses
1हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2दासहरू ��फ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ, दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्, तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं, र उहाँबाट दया पर्खिरहन्छौं।
3हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं। जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।