Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
6 verses
1परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
2तिमीले गरेको कार्��को निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
3घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
4परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ।
5सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
6अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। इस्राएल मा शान्ति कायम रहोस्!