Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
7 verses
1म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु। म परमप्रभुलाई पुर्कादछु।
2म आफ्ना समस्याहरू परमप्रभुल��ई भन्नेछु! म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु।
3मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। म त्याग्न तयार छु। तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ।
4मैले वरिपरि हेरें, अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। मेरो भाग्ने ठाउँ कतै छैन। कसैले पनि मलाई बचाउने प्रयास गर्दैन।
5यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्।
6परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, मलाई तपाईंको अति खाँचो छ। मलाई खेदूने ती मानिसहरूबाट बचाउनुहोस्, तिनीहरू मभन्दा पनि बलिया छन्।
7मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकूँ अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।