Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
11 verses
1हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्���स्तै राम्रो बनाई दिनोस्।
2तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ। तपाईंले त्यसलाई फटाउनुभएको छ। दया गरी यसलाई जोडनु होस्।
3तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्याहा) मानिसहरू हौं।
4जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो। अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।
5तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्। मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!
6परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो, “यसकारण म धेरै नै खुशी छु। परमेश्वरले भन्नुभयो, “म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु। म तिनीहरूलाई शेकेम दिनेछु, म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
7गिलाद र मनश्शे मेरो हुनेछ, एप्रैम मेरो शिरस्त्राणहुनेछ यहूदा मेरो राजदण्डहुनेछ।
8मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”
9तर परमेश्वर, तपाईंले हामीलाई त्याग्नु भयो! तपाईं हाम्रो सेनासँग जानु भएन! यसैले यस्तो बलियो र सुरक्षित शहरमा कसले मेरो अगुवाई गर्ला? कसले मलाई एदोमसँग लडाइँ गर्नलाई बाटो देखाउला?
11हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्। पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
12परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ। 13