Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
5 verses
1हे परमेश्वर, मलाई बचाउनु होस्! हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।
2मानिसहरूले मलाई मार्ने ��ोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
3मानिसहरूले मलाई हाँसोको पात्र बनाए। ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।
4ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैं तपाईंको प्रशंसा गरून्।
5हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!