Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
11 verses
1यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
2���ालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।
3त्यस ठाउँमा , परमेश्वरले धनु र काँडहरू ढाल, तरवार र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
4हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो, तपाईं गौरवमय देखिनु हुन्छ।
5ती सिपाहीहरूले आफू बलियो भएको सोचे। तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्। तिनीहरूको शरीर लुटिएर लडिरहेको छ। ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
6जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो, घोडसवारहरू र घोडाहरू मरे।
7हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ! जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
8परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो। स्वर्गबाट उहाँले निर्णय दिनुभयो, सम्पूर्ण पृथ्वीमा निस्तब्ध र भयभीत भए।
10हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
11हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
12परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ। पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।