Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
11 verses
1तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।
2त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो।
3त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।
4ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरुलाई गुप्त राख।”
5तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें।
6त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन।
7ती दिनहरुमा जब सातौ स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरुलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरु हुन्।”
8तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्ष्ठ्वयो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”
9यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ।” तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।”
10यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो।”
11तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरु, अनेक भाषाहरु अनि राजाहरुको बारेमा अगमवाणी गर्नु पर्छ।”दुइ साक्षीहरु