Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
13 verses
1हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? हामीलाई भन, ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।
2मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।
3म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।
4तिमी तिर्सा जस्तै सुन्दरी छौ, तिमी यरूशलेम जस्तै आर्कषक छौ। तिमी एउटा झण्डा बोक्ने डरलाग्दो सेना झैं साहासी छौ।
5तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र झुमिरहेको छ गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर।
6तिम्रो दाँतहरू नुहाएर निस्केका र कत्रन तयार रहेका भेडाहरू जस्तै छन्। तिनीहरू सबै जुम्ल्हा पाठाहरू जन्माए अनि तिनीहरू मध्ये एउटा पनि गुमाएनन्।
7घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि जस्ता दारीमका फ्याकलाहरू हुन्।
8उहाँका साठी रानीहरू छन् अनि असी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्।
9तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।
10ती कन्या स्त्री को हुन्? अरूणोदय झैं चम्कन्छिन् जुनझैं सुन्दरी छिन्। तिनी घामझैं चहकिली छिन् तिमी एउटा झण्डा बोक्ने डरलाग्दा सेनाझैं साहासी छौ।
11म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।
12तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा चढ्न मञ्जुरी दिएको अनुभव गरें।
13हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ। ताकि हामी तिमीलाई हेर्न सक्छौं, किन तिमीहरूले शूलम्मेनीलाई सेनाहरूको युद्ध छाउनीमा नतर्कीलाई झैं हेरिरहेका छौ!