Loading Bible Translation
First-time download in progress. This may take a few seconds…
Nepali Holy Bible Wordproject Bible
14 verses
1आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिए। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
2जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन् म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए।
3उनको देब्रे हात मेरो टाउको मुनि छ अनि दाहिने हातले मलाई समात्नु भएको छ।
4हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्मा म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन।
5आफ्नो प्रेमीसित अढेसिएर मरूभूमिबाट आँउदै गरेकी स्त्री को हुन्?मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन, जहाँ तपाईंको जन्म भएको थियो।
6मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।
7के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र?
8हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने!
9यदि तिनी पर्खाल हुँदी हुन त तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं।
10म एउटा पर्खाल हुँ, मेरा स्तनहरू धरहराहरू जस्तै छन्। म उसको निम्ति एउटा सुरक्षाको अनुभव गर्ने भएकी छु।
11बाल-हमनमा सुलेमानको एउटा दाखको बगैंचा थियो, तिनले आफ्नो बगैंचा रखवालहरू दिए, र प्रत्येक रखवालले 1,000 चाँदीको शेकेल बराबरको दाख ल्याउनु पर्थ्ये।
12सुलेमान! तिमी आफ्नो 1,000 शेकेल राख्न सक्छौ। प्रत्येक रखवालालाई 200 शेकेल देऊ उसले तिम्रो लागि ल्याएको दाखको सट्टामा! तर म मेरो आफ्नै दाखबारीको दाख राख्छु। मेरो अघिको यो दाखबारी मेरो आफ्नै हो।
13बगैंचामा तिमी नै बस, साथीहरू तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ।
14हे प्रियतम, चाँडो गर्नु होस्। अब सुगन्धित मसालाको पर्वतमा तपाईं हरिण अथवा मृगका पाठा जस्तै हुनु होस्।